•  २१ बैशाख २०८१, शुक्रबार
  •  1:32:31 PM

६४ वर्षपछि वेल्स विश्वकपमा, युक्रेनको सपना अधुरै

- जेष्ठ २३, २०७९ मा प्रकाशित


इटहरी । वेल्स ६४ वर्षपछि विश्वकपमा पुगेको छ । आत्मघाती गोलको सहायताले युक्रेनलाई पराजित गर्दै वेल्स फिफा विश्वकप कतार २०२२ मा पुगेको हो । युरोपेली छनोटको प्ले अफको फाइनलमा युक्रेनलाई पराजित गर्दै विश्वकपको यात्रा  तय गरेको वेल्स यसअघि सन् १९५८ मा पहिलोपल्ट विश्वकप खेलेको थियो ।

त्यसयता वेल्स विश्वकपको छनोट हुन सकेको थिएन् । युक्रेनलाई पराजित गर्दै विश्वकप यात्रा तय गरेको वेल्स इंग्ल्याण्ड, अमेरिका र इरान रहेको समूह बी मा सामेल भएको छ । विश्वकप खेल्ने युकेनकाे सपना भने अधुरै भएकाे छ । 

आइतबार राति भएको खेलमा वेल्सको जितमा पहिलो हाफमा एन्ड्रिए योर्मोलेन्कोले गरेको आत्मघाती गोल नै निर्णायक बनेको थियो । उनले ३४औं मिनेटमा वेल्सका खेलाडी  ग्यारेथ बेलको फ्रिकिकलाई बचाउने क्रममा आत्मघाती  गोल गरेका थिए । 

Comments

सम्बन्धित खवर