•  २० बैशाख २०८१, बिहीबार
  •  3:32:44 AM

नायिकामाथि ‘दुर्व्यवहार’ को आरोपमा पक्राउ परेका भिक्षु छाडिए

- जेष्ठ १७, २०७९ मा प्रकाशित


इटहरी । नायिका मेरिना मगरमाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका भिक्षु फुर्वा लामा रिहा भएका छन् ।

कबड्डी–४ की नायिका मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेका लामालाई काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले ३ हजार धरौटी लिएर रिहा गर्न आदेश दिएका हुन्।

सिभिल मलमा ‘कबड्डी ४’ हेरेर निस्किने क्रममा आफूलाई भिक्षुले ब्याड टच गरेको आरोप मेरिनाले लगाएर झापड समेत हानेकी थिइन् । मिरुनाले आफूमाथि शारीरिक दुर्व्यवहार गरेको भन्दै महानगरीय प्रहरी वृत्त, जनसेवामा उजुरी दिएपछि फुर्वालाई प्रहरीले पक्राउ गरेको थियो।

तर, निर्दोषलाई फसाएको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भएको थियो । मंगलबार काठमाडौंको चाबाहिलस्थित केएल टावरमा भिक्षु पक्षधरले विरोध प्रदर्शनसमेत गरेका थिए। भिक्षु लाई निस्शर्त रिहा गर्नुपर्ने र मिरूनाले माफी माग्नुपर्ने उनीहरूको माग थियो। प्रदर्शनकारीले नायिका मगर अभिनित चलचित्र ‘कबड्डी ४’को प्रदर्शन रोक्न पनि माग गरेका थिए ।बिरोध चर्किएपछि कबड्डी ४ टिमले नायिका र बुद्धिष्ट संघ- संस्थाबीच छलफल गराएको थियो ।

एक वर्ष भन्दा कम समय सजाय हुने मुद्दामा प्रमुख जिल्ला अधिकारीले आदेश गर्न सक्ने कानुनी व्यवस्था छ। सोही व्यवस्थालाई टेकेर सीडीओ रिजालले लामालाई रिहा गर्ने आदेश दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश राज मैनालीले जानकारी दिए ।

Comments

सम्बन्धित खवर