•  २१ बैशाख २०८१, शुक्रबार
  •  6:53:27 AM

इटहरीका मेयर हेमकर्णको चौतर्फि चर्चा : नगरपालिका गेट अघाडी नै चल्यो ड्रोजर

- जेष्ठ १७, २०७९ मा प्रकाशित



इटहरी । सामानय वर्षा हुदा पनि जलमग्न बनिने इटहरी उपमहानगरको गेट अघाडी मंगलबार बिहानै ड्रोजर चलाइएको छ । वर्खाको बेला पानी जमेर उपमहानगर आउने सेवाग्राहिहरूले खेप्नु परेको सास्तीलाइ मध्यनजर गर्दै त्यसलाइ निर्मुल पार्न मंगलबार बिहान गेट अङाडी ड्रोजर चलाइएको हो । 

सामान्य वर्षामा पनि पोखरी भएको जमेको पानीलाइ सहजै पास हुनेगरी नाला सफाइ अन्तरगत मंगलबार उपमहानगरको गेट अघाडी मेयर हेमकर्ण पौडेलको निर्देशनमा ड्रोजर चलाइएको हो । मनसुन सुरू हुन अब केहि दिनमात्र बाकि रहदा वर्षिने पानीबाट थप समस्या झेल्न नपरोस भनि आइतबार नै नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैंठक बसेर नगरक्षेत्रका सम्पुर्ण नाला सफा गर्ने निर्णय गरिएको थियो । 

अहिले इटहरी उपमहानगर क्षेत्रमा रहेका धेरै जसो नालाहरू सरसफाइ र चौडाइ बढाउने काम भइरहेको इटहरी उपमहानगरका इञ्जिनियर जिवन घिमिरेले बताए । वर्षाको बेला नगरवासिले थप सास्ति खेप्न नपरोस भन्ने उद्येश्य सहित उपमहानगर क्षेत्रमा रहेका नाला तथा साना पैनीहरू सफाइ गर्ने काम भइरहेको इञ्जिनियर घिमिरेले बताए । 

यता सामाजिक सञ्जालहरूमा भने इटहरी उपमहानगरमा नव निर्वाचित मेयर हेमकर्ण पौडेलको चर्चा सुरू भएको छ । कार्यभार सम्हालेको एक सातामै बिकाशको मुल फुटाउन सुरू गरेको भन्दै फेशबुक , टिकटकमा उनको तारिफ सहितको भिडियोहरू भाइरल भइरहेका छन । यो संगै इटहरीका मेयर हेमकर्ण पौडेल संग सम्पर्क गर्दा उनले आफु जहेले नि नगरवासिको हितमा रहेर काम गर्ने प्रतिवद्धता जाहेर गरे । 

Comments

सम्बन्धित खवर