इन्गेजमेन्टमा साथीले बन्दुक चलाउँदा बेहुलाको मृत्यु
- जेष्ठ १६, २०७९ मा प्रकाशित
एजेन्सी । इजिप्टमा आफ्नै इन्गेजमेन्ट पार्टीमा साथीले चलाएको गोली लागेर एक २१ वर्षीय बेहुलाको मृत्यु भएको छ । इजिप्टको अलेक्जान्ड्रियामा यही २५ मेमा साथीले अकस्मात चलाएको गोली लागेर बेहुलाको मृत्यु भएको हो ।
साथीहरूले बेहुलालाई लिएर अगाडि बढ्दा उत्सवको रुपमा बन्दुक पड्काइएको थियो । गोली लागे लगत्तै बेहुला भुइँमा ढलेका थिए ।गोली लागेर गम्भीर घाइते बनेका बेहुलालाई अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले मृत घोषित गरेका थिए । मध्यपूर्वका विभिन्न भागमा उत्सव मनाउँदा बन्दुक पड्काइन्छ ।
विवाह र इन्गेजमेन्टको सन्दर्भमा बन्दुक पड्काउनुलाई भने दुई परिवारलाई जोड्ने शक्ति र सम्मानको प्रतीकको रूपमा हेरिन्छ ।तर, यस परम्परागत अभ्यास निकै खतरनाक मानिएको छ । विशेषतः भिडभाडयुक्त कार्यक्रममा हुने आकस्मिक गोलीबारीमा धेरै मानिसहरूको मृत्यु हुनुका साथै केहीलाई गम्भीर चोटपटक लागेको छ ।
बेहुलीका साथी मोहम्मद युसुफले स्थानीय सञ्चारमाध्यमलाई भने, ‘हामी एउटा ब्यूटी सैलूनमा गइरहेका थियौं, जहाँ दुलहीले आफ्नो मेकअप गरिरहेकी थिइन् र उत्सव मनाउन उनलाई एउटा कोठामा लैजान लागिएको थियो ।’ तर, दुलही सैलुनबाट निस्कनुअघि मुस्तफा गोली लागेर घाइते भएका थिए ।
सम्बन्धित खवर
-
ताजा बैशाख २१, २०८१Ставка Без Риска На Супер-бой Усик Фьюри От 1xbet! Ставки На Спор
-
ताजा बैशाख १९, २०८१Ставки в Спорт: Лучшие Коэффициенты На Сегодня, сделать Онлайн Ставк
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
Comments