•  २१ बैशाख २०८१, शुक्रबार
  •  4:23:53 AM

धरान १० को वडाध्यक्षका एमाले उम्मेदवार राईले वडालाई विकासको नमुना बनाउने

- बैशाख २४, २०७९ मा प्रकाशित


इटहरीः विवेक राई आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडा नम्बर १० बाट वडाध्यक्षका युवा उम्मेद्धवार हुन् । युवा संघको वडाकै राजनीतिमा एमालेबाट उदाएका राई हाल नेकपा एमाल १० नम्वर वडा कमिटीका अध्यक्ष समेत छन् । उनले २०६१ सालमा युवा संघको वडा सदस्यबाट राईले आफ्नो राजनीतिक यात्रालाई अघि वढाएका थिए ।

राजनीति सहित वडाका युवाहरुलाई संगठित गर्दै हाल एमाले पार्टीबाट उम्मेद्धवार वनेर थप वडाको विकासमा गरि नमुना वडा वनाउन लागि पर्ने वताउँछन् । वडामा मात्रै नभएर धरानमा नै उनी लोकप्रिय युवाको रुपमा परिचय वनाएका छन् । युवा संघ राजनीतिबाट उनी वडाबाट धरानको राजनीतिमा उदाएका युवा उम्मेद्धवारको रुपमा राई पर्छन । उनी वडामा लोकप्रिय छन् । राजनीति,खेलकुद, सामाजिक काम लगायत सवै क्षेत्रमा उनी परिचित छन् । कसैलाई अपात विपत पर्यो अथवा समस्या भयो भने उनै विविक राईलाई नै वडावासीले सम्झिने गरेका छन् ।खेलकुदमा पनि उनले उतिकै सहयोग गरेका छन् ।

युवाहरुलाई संगठित र एकत्रित पार्दै स्वास्थ्य व्यायम, फुटवल खेलाडीलाई सहयोग लगायतको काम गरेर युवाहरुको ढुकढु्की समेत वनेका छन् । कोरोनाको संक्रमणकालिन अवस्थामा औषधी उपचार लगायत माक्स सेनिटाइजर वडावासीको घर घरमा गएर सेवा गरेका थिए ।उनको अहिले वडामा उम्मेद्धवार वनेपछि वडावासी थप खुशी भएका छन् । राईले वडाको विकास गर्न यसअघिका जनप्रतिनिधीले गरेका अधुरा कामहरुलाई निरन्तरता दिने र थप योजना वनाएका छन् ।

Comments

सम्बन्धित खवर