•  २१ बैशाख २०८१, शुक्रबार
  •  9:10:20 PM

आफ्नो जितले बेथितिको अन्त्य हुने इटहरी १ का एमाले उम्मेदवार राईको दाबी

- बैशाख २४, २०७९ मा प्रकाशित


इटहरीः इटहरी उपमहानगरको वडा नम्बर एकमा नेकपा एमालेका उम्मेदवार विजय राईले गतिलो दावेदारी प्रस्तुत गरेका छन् ।

उपमहानगरपालिका भएता पनि पछाडी परेको मानिने वडा नम्बर एकमा अवस्थित पोखरी टोलको पोखरीलाई व्यवस्थित बनाई पर्यटकिय स्थलको रुपमा विकास गर्ने देखि लिएर हाँसपोसा स्वास्थ्य चौकीलाई स्तरोन्नती गर्ने मुख्य संकल्प लिएर अगाडी बडेका विजय राई वडामा हुने समग्र बेथितीलाई अन्त्य गर्न आफ्नो उम्मेद्वारी रहेको बताएको छन् ।

२०३६ सालमा इटहरी स्थित आपँगाछीको स्ववियु सभापति हुँदै राजनितिमा होमिएका राई २०४३ सालको पञ्चायत कालमा किसान संगठनको सचिव समेत रहेका थिए । किसानहरुका लागि काम गरिसकेका राई इटहरी एकमा रहेका चर्च , मन्जिद, गुम्वा, ग्रामथान, मठमन्दिर जस्ता संस्कृतीसँग जोडिएका पुरातन सम्पदाको संरक्षण गर्दै राष्ट्रिय उच्चमाविमा छात्रावास तथा आवश्यकता अनुसार भवन बनाउने र शैक्षिक गुणस्तरको विकास गर्न माथिल्लो निकायमा पहल गर्ने समेत आफ्नो घोषणापत्रमा समावेश गरेका छन् ।

Comments

सम्बन्धित खवर