•  २१ बैशाख २०८१, शुक्रबार
  •  10:36:16 PM

प्राविधिक शिक्षाबाट बेरोजगारी हटाउने रामधुनी ५ का कांग्रेस उम्मेदवार बास्तोलाको लक्ष्य

- बैशाख २३, २०७९ मा प्रकाशित


इटहरीः सुनसरीको रामधुनी नगरपालिका–५ मा आसन्न स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका लेखनाथ बास्तोलाले चुनावी अभियानलाई तिव्रता दिएका छन् ।

मतदाताको घरदैलोमा पुगेर आफूलाई विजयी गराइदिन अपिल गरिरहेका बास्तोलाले आफू निर्वाचित भएमा वडावासीलाई डुबानको समस्याबाट उन्मुक्ति दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् । यसैगरी प्राविधिक शिक्षामा सर्वसाधारणको पहुँच वृद्धि गरी प्राविधिक जनशक्ति उत्पादन गर्ने र बेरोजगारी र जनशक्ति अभाव दुवै समस्याकोे समाधान गर्ने उनको योजना छ ।

आफू निर्वाचित भए स्वेच्छाचारी निर्णय नगरी स्थानीय सरकार सञ्चालन तथा नीतिगत निर्णयको प्रकृयामा स्थानीय नागरिकको सुझावलाई महत्वका साथ स्थान दिने उनले बताएका छन् । बीपी कोइरालाको दर्शनबाट प्रभावित भई राजनीतिमा लागेका बास्तोला हाल नेपाली कांग्रेसको वडा सभापति रहेका छन् । २०७४ को निर्वाचनमा उनी झिनो मतले पराजित भएका थिए ।

Comments

सम्बन्धित खवर