•  २१ बैशाख २०८१, शुक्रबार
  •  1:43:41 AM

इटहरी १० वडाध्यक्षका एमाले उम्मेदवार आचार्य सुखी नेपाली समृद्ध नेपालको नारामा दृढ

- बैशाख २३, २०७९ मा प्रकाशित


इटहरीः आसन्न स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिका वडा नं. १७ मा नेकपा एमालेको तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेका प्रभात कुमार आचार्यले नेकपा एमालेको सुखी नेपाली समृद्ध नेपाल नारा नै मूल नारा भएको बताउँदै आफूले पनि राम्रो काम गर्ने बताएका छन् ।

उनले प्रत्येक टोलमा एउटा चौरको व्यवस्था गर्ने योजना रहेको पनि बताए । यस्तै, अति विपन्न परिवारलाई वडाध्यक्ष कोष खडा गरेर निःशुल्क स्वास्थ्य बिमा गर्ने योजना उनको छ । जनताको आवश्यकता अनुसार गुरुयोजना बनाएर काम गर्ने उनले प्रतिबद्धता जनाए । अहिलेको वडाध्यक्षले नगरबाट आएको बजेट मात्र खर्च गरेर विकास गरेको तर आफूले केन्द्र र प्रदेशबाट पनि बजेट ल्याएर आवश्यकता अनुसार काम गर्ने बताए । उनले ५ वर्षपछि १७ नं. वडाको मुहार फेर्ने विश्वास दिलाए ।

पहिलेको वडाध्यक्ष प्रति स्थानिय सन्तुष्ट नभएका कारण पनि उनी आफूले चुनाव जित्नेमा विश्वस्त रहेको बताउँदै स्थानियलाई मतदान गर्न आग्रह गरे । स्कुले जीवनदेखि नै राजनितिक यात्रा सुरु गरेका उनले २०४३ सालमा गाउँ कमिटी नेकपा एमालेको संस्थापक सचिव भएर काम गरे । केही समय जागिरको सिलसिलाले उनी राजनीतिबाट टाढा भए । स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट टिकट पाएपछि उनी चुनावी अभियानमा होमिएका हुन् ।

Comments

सम्बन्धित खवर