•  २१ बैशाख २०८१, शुक्रबार
  •  2:29:57 AM

रेलिङले च्यापिएर महिलाको मृत्यु

- बैशाख २३, २०७९ मा प्रकाशित


दमौली: तनहुँको व्यास नगरपालिका–१ माइलीडाँडामा रेलिङले च्यापिएर एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही ठाउँ निवासी ५६ वर्षीया बसुन्धरा विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ग १ ख ५८७५ नम्बरको टिपरले निर्माण सामग्री खन्याउने क्रममा घरको रेलिङमा ठक्कर दिई सोही रेलिङले च्यापिएर घाइते महिलाको आज उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

घाइते महिलालाई तत्कालै रत्नहरि अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि पोखरा पठाइएको थियो।

टिपर चालक म्याग्दे गाउँपालिका–६ घर भई व्यास–१ चारकुने बस्ने ४८ वर्षीय चेतकुमार खवासलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाविरूद्ध सवारी ज्यान मुद्दामा आज अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ। -रासस

Comments

सम्बन्धित खवर