•  २२ बैशाख २०८१, शनिबार
  •  8:43:06 AM

ताप्लेजुङमा खुकुरी प्रहार गरी आमा र बाबुको हत्या, अभियुक्त पक्राउ

- बैशाख २३, २०७९ मा प्रकाशित


इटहरीः ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका ६ मा एक युवाले आफ्नै आमा र बुबाको हत्या गरेका छन् ।

आमा र बुबाको हत्या आरोपमा २५ बर्षीय आईतराज लिम्वुलाई प्रहरीले पक्राउ समेत गरिसकेको छ । उनले हिजो बेलुका साँढे ५ बजे आफनै ७० बर्षीय बुबा बिर्ख बहादुर लिम्वु र ७२ बर्षीया आमा थिपरानी लिम्बुलाई खुकुरी प्रहार गरी हत्या गरेका थिए ।

उक्त घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी लेलेपबाट घटनास्थलमा खटिएको थियो । हत्यामा संलग्न आईतराजलाई खुकुरीसहित घरबाट नै नियन्त्रणमा लिई विस्तृत अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित खवर