•  २१ बैशाख २०८१, शुक्रबार
  •  2:37:19 AM

बेलबारीमा राप्रपाका मेयर उम्मेदवारको गाडीमा आगजनी

- बैशाख २३, २०७९ मा प्रकाशित


इटहरीः मोरङको बेलबारी नगरपालिकामा राप्रपाबाट मेयर पदमा चुनावी प्रतिस्पर्धामा रहेका खेमप्रसाद गौतमको गाडीमा नेपाली कांग्रेसका कार्यकर्ताले आगजनी गरेका छन् ।

आगजनी गर्नेमा मोरङ सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १२ का २८ वर्षीय सुवास पाण्डे रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार अभियुक्त पाण्डेले उम्मेदवार गौतमको घरमा पार्किङ गरी राखिएको बा १२ च ९३८४ नम्बरको कारमा आज बिहान २ः०० बजे आगजनी गरेका हुन् ।

घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमलाको नेतृत्वमा परिचालित प्रहरीले अभियुक्त पाण्डेलाई पक्राउ गरेको एसपी राईले जानकारी दिए । पक्राउ परेका पाण्डेलाई हिरासतमा राखी विस्तृत अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित खवर