•  २१ बैशाख २०८१, शुक्रबार
  •  9:57:08 PM

बराहक्षेत्रमा राजु अधिकारीको बागी उम्मेदवारी, भ्रष्टाचार रोक्ने दाबी

- बैशाख २३, २०७९ मा प्रकाशित


इटहरीः सुनसरीको बराहक्षेत्र नगरपालिकामा नेकपा एमालेबाट असन्तष्ट बनेका राजु अधिकारी मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिई चुनावी अभियानमा होमिएका छन् ।

एमालेबाट निर्वाचित स्थानीय सरकारले चौतर्फी अनियमितता र स्वेच्छाचारिता लादेकाले त्यसको निराकरणका लागि आफू मैदानमा आएको अधिकारीको भनाइ छ । पटकपटक मेयर निलम खनालले आफ्नो मान्छेलाई मात्र जागिर दिएको, वडागत बजेटमा चाकडी गर्नेलाई मात्र बजेट छुट्याउने गरेको लगायतका आरोपहरु लगाउदै उनले नगरसभा समेत बहिष्कार गरेका थिए । नगरलाई भ्रष्टाचारीको चङ्गुलबाट मुक्त गराउन मतदाताले विवेकको प्रयोग गरी आफूलाई विजयी गराउने विश्वास उनले व्यक्त गरेका छन् ।

Comments

सम्बन्धित खवर