धनुषामा ३ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने
- बैशाख ५, २०७९ मा प्रकाशित
जनकपुरधाम: धनुषा जिल्लामा करिब ३ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ ।
८ वैशाखदेखि १६ सम्म चल्ने खोप अभियानमा १८ वटै पालिकाका १५ महिनादेखि १५ वर्ष उमेरका २ लाख ९६ हजार ७ सय ७५ बालबालिकालाई खोप लगाइनेस्वास्थ्य कार्यालय धनुषाले जनाएको छ ।
स्वास्थ्य कार्यालय धनुषाका प्रमुख जुगलकिशोर यादवले टाइफाइडविरुद्धको खोप अभियानलाई सफल र प्रभावकारी बनाउन१ हजार ६१ वटा खोप केन्द्रको स्थापना गरिएको जानकारी दिए । सामुदायिक तथा संस्थागत विद्यालयसहित ७ सय ६२ वटा विद्यालयमा पनि खोप लगाइने उनले बताए ।
विद्यालयमा जान नसकेका वा छुटेका बालबालिकालाई वडाको स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीमा पनि खोप दिनेछ । खोप अभियान सञ्चालनका लागि २ हजार १ सय २४ जना स्वयंसेवक परिचालन गरिने छ ।
२ सय १५ वटा खोप टोलीसमेत परिचालन गरिने र १ सय ६८ जना स्थानीय सुपरभाइजर समेत खट्ने स्वास्थ्य कार्यालयका खोप अधिकृत राजदेव यादवले बताए । उनका अनुसार खोपबाट बचाउन सकिने रोगहरूलाई शून्यमा झार्ने सरकारको लक्ष्य अनुसार धनुषामा पनि टाइफाइड विरुद्ध खोप अभियान सञ्चालन गर्न लागिएको हो ।
टाइफाइड दूषित पानी र बासी सडेगलेका खानेकुरा र फोहोर हात मुखमा जाँदा संक्रमण हुने रोग भएकोले सरसफाइमा बढी ध्यान दिनुपर्ने उनले बताए । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा बैशाख ३१, २०८१सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो व्यक्तिको मृत्यु
-
ताजा बैशाख ३१, २०८१छात्रामाथि बलात्कार गर्ने मौलवी पक्राउ
-
ताजा बैशाख ३१, २०८१खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु
-
ताजा बैशाख ३१, २०८१कलाकार उज्वल केसीको निधन
-
ताजा बैशाख ३१, २०८१कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै : कांग्रेसले गर्याे बहिष्कार : नेकपा एसले मत नदिने
Comments