धर्मध्वज थापाको नाममा विद्यालयको नामकरण
- चैत्र २६, २०७८ मा प्रकाशित
उदयपुर: उदयपुरको रौतामाई गाउँपालिकामा जग्गादाताको नामबाट सामुदायिक विद्यालयको नामकरण गरिएको छ ।
जग्गादाता स्वर्गीय धर्मध्वज थापाका परिवारले गाउँपालिकाले व्यवस्था गरेको शिक्षासम्बन्धी ऐन, नियमावली तथा मापदण्ड पूरा गरेसँगै आधारभूत विद्यालय कोप्चेको नाम परिवर्तन भएको हो ।
थापा परिवारले २५ लाख मूल्य बराबरको ८ रोपनी १ आना १ पैसा जग्गा विद्यालयका नाममा निःशुल्क पास गरिदिएपछि नाम परिवर्तन गरेर ‘धर्मध्वज थापा आधारभूत विद्यालय कोप्चे’ नामाकरण गरिएको प्रधानाध्यापक बेदबहादुर खत्रीले जानकारी दिए ।
सोही व्यवस्थालाई टेकेर विद्यालय व्यवस्थापन समितिले नाम परिवर्तनको निर्णय सहित गाउँपालिकामा निवेदन दिएको थियो । विद्यालयको निर्णय, त्यसपछि तोकिएका मापदण्ड र स्थलगत अवस्था बुझ्दा नाम परिवर्तत गर्न उपयुक्त देखिएकाले कार्यपालिकाको निर्णयले नाम परिवर्तन गरिएको गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१Ставки в Спорт: Лучшие Коэффициенты На Сегодня, сделать Онлайн Ставк
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
Comments