इटहरीकाे माेर्डन प्रिपेटोरी स्कुलमा अनिवार्य मौलिक पोसाक लागू
- चैत्र २६, २०७८ मा प्रकाशित
इटहरी । सामान्यतया अंग्रेजी माध्यमबाट पढाइ हुने निजि बिद्यालयमा कस्ता पाेशाक प्रयाेग हाेलान भनेर प्रश्न गर्याे भने प्राय सबैले उहि सर्ट पाइन्ट र टाइ हाे भन्छन तर इटहरीकाे माेर्डन प्रिपेटाेरी सेकेन्डरी स्कुलमा भने साताकाे एक दिन अनिवार्य सांस्कृतिक पहिचान ढल्किने गरी माैलिक पाेशाक लगाउन बिद्यार्थिहरूइ प्रेरीत गर्दै अाएकाे छ ।
लाेप हुदै गएकाे नेपाली सांस्कृती र भेषभुषा सहितकाे पहिरनलाइ प्रर्वद्धन संगसंगै बिद्यालयमा अध्यन्नरत वालवालिकाहरूलाइ यसकाे महत्व बुझाउने उद्येश्यका साथ माेर्डन स्कुलले साताकाे एक पटक माैलिक पाेशाक अनिवार्य गराएकाे हाे । इटहरी उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको उक्त विद्यालयले विद्यार्थीलाई आफ्नो समुदायको भेष–भूषा र संस्कृति प्रति अभ्यस्त बनाउँदै आफ्नो मौलिक पन प्रति गौरब गर्न सिकाउने उद्देश्यले ‘आफ्नै समुदायको संस्कृतिक पोसाक लागू गरेको’ जनाएको छ ।
त्यसकालागि विद्यार्थीहरुलाई ऐच्छिक रुपमा आ(आफ्नो सांस्कृतिक पोसाकमा विद्यालय आउन सूचना जारी गरेकोमा शुक्रवार उत्साहजनक रुपमा विद्यार्थीहरु सहभागी भएको विद्यालयले जनाएको छ ।
प्रत्तेक शुक्रबार विद्यार्थीका लागि आफ्नो संस्कृति झल्कने मौलिक पोसाक लगाएर आउन विद्यालयले निर्देशन गरेको हो । अरू दिन भने विद्यालयको नियमित पोसाक नै लगाउनुपर्छ । प्रत्येक शुक्रवार विद्यार्थीहरु आफ्नो मौलिक पोसाकमा आउने र शिक्षकहरूमा पनि बिस्तारै यसलाई लागू गराइने प्रिन्सिपल भीम बहादुर श्रेष्ठले बताए ।
विद्यालय संचालक समितिका अध्यक्ष संजीव वाग्लेले नेपालका विभिन्न क्षेत्रमा अनेकौँ जाती जनजाती, संस्कृति परम्परा, सामाजिक मान्यता रहेको बताउँदै विद्यालय तहदेखि नै संस्कृति झल्कने पोसाक लगाए समावेशीको सिद्धान्तलाई समेत मलजल पुग्ने बताए ।
विद्यालयमा कक्षा ९ अध्ययरत छात्र शुभम श्रेष्ठले आफ्नो भेष(भूषाप्रति गर्व रहेको बताए । उनी दौरा, सुरुवाल, पटुका र टोपीमा सजिएर आएका थिए । विद्यालयमा अध्ययनरत छात्रा रितिक्षा विश्वास र अंकिता कुमारी चौधरी, प्रमिसा श्रेष्ठ लगायतका विद्यार्थीहरु पनि आफ्नो पहिरनमा विद्यालय आउन पाउँदा निकै खुसी देखिएकी थिए । विद्यालयमा तामाङ, मगर, क्षेत्री, बाहुन, नेवार, भुजेल, चौधरी, साह, गुप्ता लगायत जातजातिका विद्यार्थी अध्ययनरत छन् ।
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१Ставки в Спорт: Лучшие Коэффициенты На Сегодня, сделать Онлайн Ставк
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
Comments