ताप्लेजुङ साक्षर जिल्ला घोषणा
- चैत्र २५, २०७८ मा प्रकाशित
ताप्लेजुङः ताप्लेजुङलाई साक्षर जिल्ला घोषणा गरिएको छ ।
जिल्लाभित्र रहेका १५ देखि ६० वर्ष उमेर समूहको कुल जनसङ्ख्यामध्ये ९६.४५ प्रतिशत नागरिक साक्षर भएसँगै आज (बुधबार) एक समारोहमा साक्षर जिल्ला घोषणा गरिएको हो ।
समारोहमा प्रदेश नम्बर १ का उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामले साक्षर जिल्ला घोषणा गरेका थिए । जिल्ला समन्वय समिति प्रमुख तथा साक्षरता अभियान जिल्ला समन्वय समिति संयोजक घनेन्द्र मादेनद्वारा भएको प्रस्तावपछि मन्त्री हाङ्गामले साक्षर जिल्ला घोषणा गरेका थिए ।
प्रदेश नम्बर १ का १४ जिल्लामध्ये अब सोलुखुम्बुमात्र साक्षर जिल्ला घोषणा हुन बाँकी रहेको बताइएको छ ।
ताप्लेजुङलाई साक्षर जिल्ला घोषणा गर्न केही वर्षदेखि थालिएको अभियानमा यहाँका विभिन्न शैक्षिक सङ्घ–संस्था, स्थानीय तहलगायतले सक्रियता देखाएका थिए । घोषणा कार्यक्रमको उद्घाटनअघि सदरमुकाम फुङ्लिङमा बिहान विभिन्न जातीय झाँकीसहितको शोभायात्रा निकालिएको थियो । -रासस
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
-
ताजा बैशाख १८, २०८१एमालेको कान्छो सांसद बनेर पूर्णकालीन राजनीतिमा सुहाङको शानदार ‘इन्ट्री’
Comments