७५ लाख बालबालिकालाई आजदेखि टाइफाइडविरुद्धको खोप
- चैत्र २५, २०७८ मा प्रकाशित
काठमाडौं: १५ महिनादेखि १५ वर्ष उमेरका ७५ लाख बालबालिकालाई आजदेखि टाइफाइडविरुद्धको खोप लगाइँदैछ ।
स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका अनुसारका प्रमुख सागर दाहालका अनुसार गाभी (खोपसम्बन्धी विश्वव्यापी सञ्जाल)ले नेपाललाई निःशुल्क टाइफाइड खोप उपलब्ध गराएको हाे ।
खोप अभियानअन्तर्गत देशभर ५६ हजार ४२९८ खोप केन्द्र र विद्यालयमा खोप लगाइनेछ । यसका लागि १० हजार स्वास्थ्यकर्मी र एक लाख १२ हजार ८५८ स्वयमसेवक परिचालन गरिएकाे छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार मात्र दरबार हाइस्कूलमा आयोजित एक कार्यक्रममा खोप अभियानको उद्घाटन गरेका थिए । केही क्षेत्रमा केही दिनदेखि खाेप लगाउन सुरु भए पनि आजदेखि अभियान नै सुरु भएकाे हाे ।
नेपालमा पहिलो पटक यो खोप दिइन लागिएको हो । नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन सरकारले सबैमा अनुरोध गरेको छ ।
पाँच वर्षमा नेपालमा चार लाख ५० हजारभन्दा बढीमा टाइफाइड रोगको संक्रमण देखिएकाे स्वास्थ्य विभागले जनाएकाे छ । अभियान १८ वैशाखसम्म चल्नेछ । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा बैशाख ३१, २०८१सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो व्यक्तिको मृत्यु
-
ताजा बैशाख ३१, २०८१छात्रामाथि बलात्कार गर्ने मौलवी पक्राउ
-
ताजा बैशाख ३१, २०८१खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु
-
ताजा बैशाख ३१, २०८१कलाकार उज्वल केसीको निधन
-
ताजा बैशाख ३१, २०८१कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै : कांग्रेसले गर्याे बहिष्कार : नेकपा एसले मत नदिने
Comments