इटहरीमा भाषा, साहित्य, कला सम्बन्धी साहित्यीक उत्सव हुने
- चैत्र २०, २०७८ मा प्रकाशित
इटहरी । सुनसरीको इटहरीमा पहिलो पटक भाष साहित्य तथा कला समबन्धी साहित्यीक उत्सव हुने भएको छ । इटहरी भाषा ,साहित्य कला सृजना परिषदको आयोजनामा यहि चैत्र२५ र २६ गते बृहत साहित्यीक उत्सव हुने भएको हो ।
उत्सवबारे जानकारी गराउने उद्धेश्य सहित आइतबार इटहरीको चिया चौतारीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परिषदका संयोजक कृष्णबिनोद लम्सालले कला सांस्कृति तथा साहित्य क्षेत्रलाइ जगेर्णा गर्दै सक्रिय रुपमा अझ उजागर गरेर लैजान यो उत्सवको आयोजना गरिएको बताए ।
उत्सवमा प्रदेश एकका बिभिन्न जिल्लाहरुबाट प्रख्यात साहित्य तथा कला क्षेत्रका ब्याक्तित्वहरुको उपस्थिती रहने जनाइएको छ । उत्सवमा मुर्तिकला , चित्रकला प्रदर्शनी तथा , गजल,कविता वाचन , नाट्य प्रदर्शनी ,सांस्कृतिक कार्यक्रम लगायत मनोरञ्जनात्मक कलाहरु प्रस्तुती गरिने र्कायक्रम संयोजक तथा परिषदका सहसंयोजक मणि गुरुङले बताए ।
साहित्य तथा सृजनात्मक कार्यक्रमहरुलाइ एकै स्थानमा राखेर गरिने यो पहिलो कार्यक्रमले कला , तथा साहित्यको क्षेत्रलाइ अझ प्रोत्साहन र्पुर्याउने पनि संयोजक गुरुङले जानकारी दिए ।
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
-
ताजा बैशाख १८, २०८१एमालेको कान्छो सांसद बनेर पूर्णकालीन राजनीतिमा सुहाङको शानदार ‘इन्ट्री’
Comments