सर्लाहीको लालबन्दीमा कार दुर्घटना एकको मृत्यु, पाँच घाइते
- चैत्र १७, २०७८ मा प्रकाशित
सर्लाही: सर्लाहीको लाबन्दीमा कार दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।
पूर्वपश्चिम लोकमार्गस्थित लालबन्दी नगरपालिका-१७, स्थित कालिन्जोर पुल नजिकै भारतीय नम्बर प्लेट बिआर ०६ बिएम १५ ३७ नम्बरको कार दुर्घटनामा परेको थियो । दुर्घटनामा कार चालक भारतको सितामढी जिल्लाको बयलडाबड धनुषी-२, का अन्दाजी २२ वर्षीय नवीन यादवको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनकाे कानबाट रगत बगेको अवस्थामा तत्काल उद्धार गरी गडीमाई अस्पताल लालबन्दी पुर्याइएको थियो । अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको हो । मृतक यादवको सव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवामा लगिएको छ ।
दुर्घटनामा कारमा सवार भारतको सितामढी जिल्लाको बयलडाबड धनुषी-२, का अतुल कुमार, उमेश भनिने दिव्यान्स यादव, प्रिन्सराज राजपुत, बजरंगी भनिने सौरव यादव र भारतको मुजलफ्फरपुर रामनगरका अजित यादव घाइते भएका छन् ।
उनीहरुकाे पनि लालबन्दीस्थित गडीमाई अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको हो । तीब्र गतिमा रहेको कार अनियन्त्रित भई सडकबाट १० फिट तल गएर पल्टिएको थियो । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायवउपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
-
ताजा बैशाख १८, २०८१एमालेको कान्छो सांसद बनेर पूर्णकालीन राजनीतिमा सुहाङको शानदार ‘इन्ट्री’
Comments