धार्मिक सद्भाव कायम गरेर होली मनाउन मधेस प्रदेश प्रमुखकाे आग्रह
- चैत्र २, २०७८ मा प्रकाशित
जनकपुरधाम: मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले धार्मिक सद्भाव कायम गरेर होली पर्व मनाउन आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिले आयोजना गरेको होली मिलन कार्यक्रममा मिश्रले होली सांस्कृतिक रहेकाले यसलाई धार्मिक सद्भाव, भाइचाराको हिसाबले बनाउनुपर्ने बताए । ‘हाेलीले समाजमा नयाँ जागरण, उत्साह थपियोस् भन्ने हाम्रो कामना हो,’ उनले भने ।
मधेस प्रदेशका पूर्वआन्तरिक मामिला तथा संचारमन्त्री ज्ञानेन्द्रकुमार यादवले समाजमा धार्मिक सद्भाव,सामाजिक एकता र समाजमा रहेका विकृति हटाउन ठूलो भूमिका रहेकोको बताए ।
जनता समाजवादी पार्टीका मधेस प्रदेशका संसदीय दलका उपनेता रामअशिष यादवले होली पर्वको शुभकामना दिँदै भाइचाराको पर्व होलीको नाममा हुने विकृतिलाई हटाउनुपर्ने बताए । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा बैशाख ३१, २०८१सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो व्यक्तिको मृत्यु
-
ताजा बैशाख ३१, २०८१छात्रामाथि बलात्कार गर्ने मौलवी पक्राउ
-
ताजा बैशाख ३१, २०८१खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु
-
ताजा बैशाख ३१, २०८१कलाकार उज्वल केसीको निधन
-
ताजा बैशाख ३१, २०८१कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै : कांग्रेसले गर्याे बहिष्कार : नेकपा एसले मत नदिने
Comments