पर्यटन विकासमा मधेस प्रदेशसँग साझेदारी हुन्छ : मुख्यमन्त्री पाेखरेल
- फाल्गुन २३, २०७८ मा प्रकाशित
महोत्तरी: गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मधेस प्रदेशकाे भ्रमणले पर्यटन विकासमा नयाँ आरम्भ भएको बताएका छन् ।
जनकपुर-पोखराको सिधा हवाइ यातायातले विकासमा नयाँ सम्पर्क स्थापित भएको उल्लेख गर्दै उनले आगामी दिनमा पर्यटन विकासमा दुवै सरकारले साझेदारी गर्ने बताए ।
मधेस प्रदेशका बैभवलाई गण्डकीसँग जोडेर आदानप्रदान गर्न सकिने बताउँदै पोखरेलले मधेस भ्रमणबाट नयाँ पाठ सिकेको पनि बताए।
मधेस प्रदेश सरकारको निमन्त्रणामा मुख्यमन्त्री पोखरेल १८ सदस्यीय प्रतिनिधिसहित गत शनिबार जनकपुर पुगेका थिए ।
उनी आज साेमबार पोखरा फर्कँदैछन् । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
-
ताजा बैशाख १८, २०८१एमालेको कान्छो सांसद बनेर पूर्णकालीन राजनीतिमा सुहाङको शानदार ‘इन्ट्री’
Comments