नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी दीक्षित
- फाल्गुन १९, २०७८ मा प्रकाशित
भक्तपुर: नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरका तीन सय विद्यार्थी दीक्षित भएका छन् । पोखरा विश्वविद्यालयका डीन प्राडा राजेशकुमार ठगुराठीले १७ औँ दीक्षान्त समारोहमा बुधबार दीक्षित गराएका हुन् ।
कलेजको इन्जिनियरिङतर्फको विभिन्न विषयमा स्नातक र स्नातकोतर तह उत्तीर्ण दुई सय ९८ विद्यार्थीलाई दीक्षित गरिएको हो । स्नातक उत्तीर्ण दुई सय ३९ र स्नाकोत्तर उत्तीर्ण ५९ विद्यार्थीलाई दीक्षित गरिएको हो ।
कोरोना भाइरस कोभिडका कारण विश्वविद्यालयका सबैै विद्यार्थी एकैठाउँमा राखेर दीक्षित गर्दा धेरै भीडभाड हुने भएकाले कलेजमै दीक्षान्त समारोह कार्यक्रम गरिएको कार्यक्रममा बताइयो ।
कार्यक्रममा डीन ठकुराठीले बजारमा आवश्यक जनशक्ति पूर्ति गर्ने हिसावले रोजगारमुखी विषयवस्तु राखेर विश्वविद्यालयले अध्ययनअध्यापन गराइरहेको बताए । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
-
ताजा बैशाख १८, २०८१एमालेको कान्छो सांसद बनेर पूर्णकालीन राजनीतिमा सुहाङको शानदार ‘इन्ट्री’
Comments