इटहरीमा तीव्र गतिको कारले ठक्कर दिदा पैदलयात्री राईको मृत्यु
- चैत्र २८, २०८० मा प्रकाशित
–सरिता योन्जन
इटहरी । सुनसरीको इटहरीमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका–२ हलगडा चोकमा मंगलवार साँझ कारले ठक्कर दिँदा पैदलयात्री भोजपुरका ५२ वर्षीय जय बहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
धरानबाट इटहरी तर्फ जाँदै गरेको प्रदेश १–०२९ च.९४५९ नम्बरको तीव्र गतिको कारले ठक्कर दिँदा राई गम्भीर घाइते भएका थिए। राई भोजपुरको हतुवागढी गाउँपालिका–६ का स्थायी वासिन्दा हुन्।
इटहरी-२ हलगडामा बस्दै आएका राईको उपचारको क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो।दुर्घटनापछि प्रहरीले कार चालकलाई पक्राउ गरेको छ।
सम्बन्धित खवर
-
ताजा बैशाख ३१, २०८१सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो व्यक्तिको मृत्यु
-
ताजा बैशाख ३१, २०८१छात्रामाथि बलात्कार गर्ने मौलवी पक्राउ
-
ताजा बैशाख ३१, २०८१खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु
-
ताजा बैशाख ३१, २०८१कलाकार उज्वल केसीको निधन
-
ताजा बैशाख ३१, २०८१कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै : कांग्रेसले गर्याे बहिष्कार : नेकपा एसले मत नदिने
Comments