चितवनमा ट्राफिक चेक हुँदै गरेको बसमा माइक्राे ठाेकियाे : आठ यात्रु घाइते
- चैत्र १५, २०८० मा प्रकाशित
इटहरी । मुग्लिन–नारायणगढ सडकको रामनगरमा आज (बिहीबार) बिहान माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । चितवनको भरतपुर–१ रामनगरमा ट्राफिक प्रहरीले जाँचका लागि रोकिराखेको बागमती प्रदेश ०१–००६ ख ४८८८ नम्बरको बसमा ग २ ख २२५ नम्बरको माइक्रोबस अनियन्त्रित भई ठक्कर खाएको हो ।
दुर्घटनामा परी चितवन भरतपुर मनपा–११ की ४४ वर्षीया मिना सापकोटा, भरतपुर–५ का ४० वर्षीय केशर साह, भरतपुर–२१ की ४४ वर्षीया मेनका तामाङ , भरतपुर–१४ का ५३ वर्षीय हरिराम ढकाल र ५१ वर्षीया धनुमाया ढकाल, भरतपुर–२ का ३० वर्षीय काशी उपरकोटी, भरतपुर–२० का ४७ वर्षीय तुलबहादुर घले र गोर्खा सिरानचोक–१ की २६ वर्षीया प्रीति रम्तेल घाइते भएका हुन् ।
उनीहरूको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुर्घटनामा स्थानीय कमलबहादुर न्यौपानेको घरमा सञ्चालित मोटरसाइकल ग्यारेजमा समेत क्षति पुगेको छ ।
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
-
ताजा बैशाख १८, २०८१एमालेको कान्छो सांसद बनेर पूर्णकालीन राजनीतिमा सुहाङको शानदार ‘इन्ट्री’
Comments