झापामा पसल फुटाएर चोरी गर्ने एक जना पक्राउ
- जेष्ठ १०, २०८० मा प्रकाशित
झापा । झापाको शिवगञ्ज बजारमा पसलहरू फुटाएर चोरी गरेको आरोपमा एकलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका- ५ स्थित आमवारि टोल निवासी ५६ वर्षीय छविलाल खवास (चौधरी) रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शिवगञ्ज बजार आधा दर्जन बढी पसलमा चोरीका घटना घटेको थियो ।
पसलहरूमा चोरी हुन थालेपछि प्रहरीले विशेष सूचनाको आधारमा खवासलाई चोरीका सामानसहित मङ्गलवार पक्राउ गरेको हो ।प्रहरीले उनको घरमा खोज तलास गर्दा दराजमा लुकाइछिपाई राखेको चुरोटसहित विभिन्न सामग्री बरामद गरेको छ ।
साथै चोरी घटनामा प्रयोग हुने विभिन्न औजार समेत उनको घरबाटै फेला परेको छ ।पक्राउ परेका उनीमाथि आवश्यक कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
-
ताजा बैशाख १८, २०८१एमालेको कान्छो सांसद बनेर पूर्णकालीन राजनीतिमा सुहाङको शानदार ‘इन्ट्री’
Comments