सन्दीप लामिछानेविरुद्ध मुद्दाको आज पेशी
- जेष्ठ ७, २०८० मा प्रकाशित
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेशी आज (आइतबार) लाई तोकिएको छ । तीन पटकको पेशी बिना सुनवाई स्थगित भएको थियो भने एउटा पेशीमा बहस भएर सकिएको थियो । आजको पेशीमा पनि सुनवाइ हुने कुरामा सन्दीपका कानून व्यवसायीहरू आशावादी छैनन् ।
यसअघि सन्दीप लामिछाने विरुद्धको मुद्दा फास्ट ट्रयाकमा लगेर छिटो फैसला गर्न सर्वोच्च अदालतले गत १५ फागुनमा जिल्ला अदालत काठमाडौंलाई निर्देशनात्मक आदेश दिएको थियो । सन्दीपको मुद्दा किनारा नलाग्दा उनको व्यवसायिक क्रिकेटमा अप्ठेरो परेको छ ।
उनले विश्वका धेरैजसो अन्तर्राष्ट्रिय फ्रेन्चाइजहरु खेल्न नपाएर आर्थिक रूपमा नोक्सानी व्यहोरिएको उनका समर्थहरु बताउँछन् । यही मुद्दाका कारण सन्दीपले केन्द्रीय कारागारमा ९९ दिन विताएका थिए । जेलमा रहँदा उनले राष्ट्रिय टिमका ४ खेल खेल्न पाएका थिएनन् । नेपालले आगामी १८ जूनदेखि ९ जुलाईसम्म हुने विश्वकपको ग्लोबल क्वालिफायर प्रतिस्पर्धा गर्दैछ ।
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
-
ताजा बैशाख १८, २०८१एमालेको कान्छो सांसद बनेर पूर्णकालीन राजनीतिमा सुहाङको शानदार ‘इन्ट्री’
Comments