नेपालले लियो नवौं विकेट : वर्षाले फेरि रोकियो खेल
- बैशाख १८, २०८० मा प्रकाशित
काठमाडौं । राजधानीमा जारी एसीसी प्रिमियर कपअन्तर्गत कीर्तिपुरमा जारी नेपाल र यूएईबीचको फाइनल खेलमा नेपालले नवौं विकेट हात पारेको छ । वर्षाले पुनः खेल रोकिएको छ ।
नेपाल र युएईबीच भइरहेको खेलमा सोमबार बिहान दोस्रो पटक पानी परेपछि रोकिएको हो । आज बिहान १० बजेर २५ मिनेटमा त्रिवि क्रिकेट मैदानमा पानी परेपछि केहीबेर खेल रोकिएको थियो । पानी पर्न रोकिएपछि खेल पुनः सुरु भएको थियो । ११ बजेर ४८ मा फेरि पानी परेपछि खेल रोकिएको छ ।
नेपालले टस जितेर बलिङ गरिरहेको छ । युएईले २७.३ ओभरमा ९ विकेट गुमाउँदै १०६ रन बनाएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार सोमबार र मंगलबार नै हावाहुरीसहित वर्षा हुने सम्भावना ८० प्रतिशतभन्दा बढी हुने मौसम पूर्वानुमान छ ।
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
-
ताजा बैशाख १८, २०८१एमालेको कान्छो सांसद बनेर पूर्णकालीन राजनीतिमा सुहाङको शानदार ‘इन्ट्री’
Comments