जिवित देवीदेवता हरुको ग्रन्थ हो, कथा बाआमा
- बैशाख ८, २०८० मा प्रकाशित
इटहरी । मदन पुरस्कार विजेता लेखक रामलाल जोशीको बाआमा पढे । बाआमाका बाह्रै कथा मार्मिक छन् । के बेच्दैनन् र बाआमाले सन्तान हरुका लागी आँशु ,पसिना ,रगत, जीवन ,आफ्ना रहर चाहाना र खुसीहरु , यी सबै कुरा सिध्याउछन् । त्यसपछि अनि जब सन्तानहरु ठूलो भएर केही पढ्न,लेख्न, र बुझ्न सक्ने हुन्छन,तब अरुका कथा पढाईन्छ । पढ्न,लेख्न सिकाईन्छ । तर धर्तीका सबै सन्तानहरुले सबै भन्दा पहिले पढ्नुपर्ने कथा हैन र आफ्ना बाआमाको , जिवित देवीदेवता हरुको ग्रन्थ हो कथा बाआमा शास्त्रमा पनि देवता समान भनेर उल्लेख गरिएको छ । देवी र देवता भन्दै , सर्बप्रथम सीताराम,लक्ष्मीनारायण,शिवपार्वती का मुर्तीहरु चिनाइन्छ, देखाइन्छ, र पुज्न लगाइन्छ । तर यो भन्दा पहिला चिन्नु र पुज्नुु पर्ने होइन्न र बाआमा हो , त्यसैको फलस्वरुप आजका सन्तान हरुले बाआमा र जन्मेको माटो प्रती प्रगाढ प्रेममा असफल देखिन्छौ ।
यि सबै कुरा हिजोका बाआमाहरुले आजका र आजका बाआमा हरुले भोलिका बाआमाहरु लाई चिनाउनु र सिकाउनु पर्ने सन्देश कथा बाआमामा दिएको पाईन्छ । आफ्ना सन्तान हरुका लागी हिजोका बाआमाहरुले गरेको सङर्घष त्याग बलिदान र आजका संन्तान हरुले दिने ब्यबहारलाई यर्थाथ रुपमा देखाईएको छ । आमाको महिमा र बिभिन्न स्वरुपहरुको गुणगान लेखकको आत्मा बाट गाइएको छ । एउटी एकल आमाको व्यथा र आमा बिनाका सन्तानहरुको दयानक कथा बाआमा भित्र पढ्न पाईन्छ ।
बाआमाले नेपाली समाजको वास्तविक चित्र पाठक सामु प्रस्तुत गरेको छ । बाआमामा बाआमा र सन्तानका व्यथा र संघर्षको मर्मस्पर्शी कथा मात्रै समेटिएका छैनन् , अहिलेको युवा पुस्तामा देखिएको विदेश पलायन र त्यसबाट सिर्जित समस्यालाई समेत मुखरित गरिएकोछ। साथै यसमा आफ्नो सम्पूर्ण जीवन आफ्नै देशको माटोमा खर्च गर्ने पुर्खाहरूको बलिदानी इतिहास, जन्मभूमिप्रति अभिव्यक्त अगाध सम्मान,कर्तव्य र माया एवं हरेक विदेश पलायन भएर गएकाहरूलाई फर्किनका लागि सोच्न वाध्य पार्ने खुराक पनि राखिएकोछ । अहिले युवाहरूमा विदेश जाने क्रेज एकदमै बढेर गएको छ । बाआमामा अभिव्यक्त कयौं विचारहरू युवाहरूलाई आफ्नो देशप्रतिको जिम्मेवारी तथा कर्तव्यबोथ गराउन र देश निर्माणका लागि कोसेढुङ्गा सावित हुनसक्छन्। यी कालजयी विचारहरू मध्येको एक जसले ती तमाम युवाहरू जो सधैका लागि आफ्नो मातृभूमि त्याग गरेर अर्को देशको नागरिक भएर बस्ने योजना बनाएर विदेशिएका छन् उनीहरूलाई एकचोटि आफ्नो निर्णयमा पुनर्विचार गर्न बाध्य पार्नेछ ।
दुईचार वर्ष चरिटिपी जहाँ खाएपनि हुन्छ । तर सधैका लागि अर्काको देशमा वस्तुहुन्न । एकचोटि पाइने यो अमूल्य जिन्दगानी अर्काको देशमा गुजार्नु हुन्न । बाआमा र जन्मभूमि त्यागेर अर्काकै भैदिनहुन्न। देश त्याग्नु भनेको बाबु त्याग्नु भएन र रु जन्मभूमि त्याग्नु भनेको आमा त्याग्नु भएन र रु भगवान रामचन्द्रले सुनैसुनको लङ्का प्राप्त गर्दाखेरि पनि जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भनेर आफ्नै जन्मभूमि अजुध्या फर्किए। ू ९ पृष्ठ १६२०
रामलालजीको यो कालजयी कृतिले नेपाली समाजका विकृतपाटाहरूलाई सच्याउन अहम् भूमिका निर्वाह गर्ने कुरामा म विश्वस्त छु । मेरो एउटा अपेक्षा र चाहना छ रामलालालजी जस्तो सिद्धहस्त र शब्दशिल्पी लेखकबाट ( देशभरी छरिएर वसेका ती बाआमा र सन्तान जो स्वदेश मै पसिना चुहाएर यो देशलाई स्वर्ग बनाउन योगदान दिइरहेका छन् तिनीहरूको सुखमय संघर्षका कथा समेटिएको बाआमा भाग दुई रहेको छ । समग्रमा कथा बाआमा भित्र जिवन र जगतको सार र सत्यको उजागर पनि गरिएको छ ।
तारा भट्टराई
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१Ставки в Спорт: Лучшие Коэффициенты На Сегодня, сделать Онлайн Ставк
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
Comments