हावाहुरीले विद्यालयको छानो उडायो
- चैत्र २८, २०७९ मा प्रकाशित
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीको कोटगाउँस्थित जनआदर्श आधारभूत विद्यालयको कक्षाकोठा भवनको छानो हावाहुरीले उडाएको छ । सोमबार आएको हावाहुरीले विद्यालयको छानो उडाएको हो ।
हावाहुरीले बालकक्षा र विद्यालयको कार्यालय सञ्चालन भएको कोठा रहेको अको भवनमा समेत आंशिक क्षति पुगेको प्रधानध्यापक फमाया पुनले जानकारी दिए । विद्यालय परिसरमा रहेको ओखरको हाँगा भाँच्चिएर विद्यालयमा खसेपछि क्षति पुगेको हो ।
वार्षिक परीक्षा सकिएर पठनपाठन बन्द भएको समयमा हावाहुरीले छानो उडाएकाले मानवीय क्षति हुनबाट जोगिएको छ । नयाँ शैक्षिकसत्र सुरु हुने समयमा विद्यालय भवनको छानो उडाएपछि भर्ना अभियान र पठनपाठन सञ्चालन गर्न समस्या हुने भएको प्रअ पुनको भनाइ छ । विद्यालयले आगामी वैशाख ३ गतेदेखि भर्ना अभियान र १० गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्ने कार्यतालिका बनाएको भए पनि भवन मर्मतर नभएसम्म पठनपाठन सञ्चालन गर्न कठिन हुने प्रअ पुनले बताए ।
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१Ставки в Спорт: Лучшие Коэффициенты На Сегодня, сделать Онлайн Ставк
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
Comments