झापाबाट हतकडीसहित थुनुवा फरार
- चैत्र ११, २०७९ मा प्रकाशित
झापा । झापाको बिर्ताबजारको प्रहरी चौकीबाट एकजना थुनुवा हतकडी सहित फरार भएका छन् ।बिहीबार बिहान २ बजेको समयमा शौचालय लैजाने क्रममा उनी हतकडीसहित फरार भएका हुन् ।
मंगलबार बेलुका बिर्तामोड–३ का २५ बर्षीय प्रबिण माझीलाई चोरी आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।अनुसन्धानका लागि चौकीमा राखिएको अबस्थामा उनी राति नै फरार भएको प्रहरीले जनाएको छ । बिहान खोजी गर्ने क्रममा खेतमा हतकडी भेटिएको तर माझी भने फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यस विषयमा बुझदा जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले थुनुवाको खोजी भइरहेको बताए । हतकडी भेटिएपनि माझीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन् । पछिल्लो समय झापामा चोरीका घटना बढेको छ ।
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
-
ताजा बैशाख १८, २०८१एमालेको कान्छो सांसद बनेर पूर्णकालीन राजनीतिमा सुहाङको शानदार ‘इन्ट्री’
Comments