पहिचानवादी संघर्ष समितिले ‘कोशी’ नामाकरणकाे विरोधमा आन्दोलन चर्काउने : बिराेधसभा देखि चक्काजाम सम्म
- चैत्र १०, २०७९ मा प्रकाशित
इटहरी । चैत ५ गते भएको आन्दोलनमा पदम लिम्बूको मृत्यु भएसँगै पहिचानवादी संघर्ष समितिले थप आन्दोलनको कार्यक्रम घोषणा गरेका छन्।
कोशी प्रदेशको नामकरणको विरोध गरिरहेको संयुक्त संघर्ष समितिको शुक्रबार बसेको आपतकालीन बैठकले ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामांकनको माग सम्बोधन नगरुञ्जेल आन्दोलन गर्ने निर्णय गरेको हो । आन्दोलनकारी लिम्बू ९लाजेहाङ०लाई शहीद घोषणा गरी क्षतिपूर्ति नदिएसम्म शव जिम्मा नलिने पनि बताएको छ ।
यस्तै बैठकले मृतक परिवारलाई तत्कालका लागि प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समितिको तर्फबाट नगद एक लाख ५० हजार राहत उपलब्ध गराउने निर्णय पनि गरेको छ ।संयुक्त राष्ट्रसंघ, मानवअधिकार आयोग, प्रधानमन्त्री, राजनीतिक दललाई ध्यानाकर्षण पत्र दिने पनि बैठकले निर्णय गरेको छ ।
बैठकले आज बेलुका ५ बजेदेखि ६ बजेसम्म प्रदेशका सबै जिल्ला र काठमाडौंमासमेत विरोधसभा गर्ने, चैत्र ११ गते दिउँसो १ बजेदेखि २ बजेसम्म प्रदेशको १४ वटै जिल्लामा चक्काजाम गर्ने निर्णय गरेको जनाइएको छ ।
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
-
ताजा बैशाख १८, २०८१एमालेको कान्छो सांसद बनेर पूर्णकालीन राजनीतिमा सुहाङको शानदार ‘इन्ट्री’
Comments