संघ र प्रदेशका सांसदहरूलाई शीतल निवासमा राष्ट्रपतिको चियापान
- चैत्र ४, २०७९ मा प्रकाशित
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघ र प्रदेशका सांसदहरूलाई शीतलनिवास बोलाएका छन् । आज (शनिबार) बिहान राष्ट्रपति पौडेलले देशभरबाट काठमाडौं आएका सांसदहरूलाई चियापानका लागि शीतल निवास बोलाएका हुन् ।
शुक्रबार भएको उपराष्ट्रपति निर्वाचनमा मतदान गर्न आएका प्रदेश सांसदसहित संघीय सांसदहरूलाई राष्ट्रपति पौडेलले बिहान ९ बजे शीतल निवास बोलाएको उनको सचिवालयले जनाएको छ ।
राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले पहिलो पटक सामुहिक रूपमा सांसदहरूलाई भेटघाट गर्न लागेका हुन् । पौडेल गत २५ फागुनमा भएको निर्वाचन प्रक्रियामार्फत राष्ट्रपति निर्वाचित भएका थिए ।
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
-
ताजा बैशाख १८, २०८१एमालेको कान्छो सांसद बनेर पूर्णकालीन राजनीतिमा सुहाङको शानदार ‘इन्ट्री’
Comments