रुसी राष्ट्रपति पुटिनविरुद्ध अन्तर्राष्ट्रिय अपराध अदालतकाे पक्राउ पुर्जी : युक्रेन युद्ध मुख्य अपराध
- चैत्र ४, २०७९ मा प्रकाशित
एजेन्सी । अन्तर्राष्ट्रिय अपराध अदालतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।सो अदालतले युक्रेनमा युद्ध अपराधका लागि पुटिनलाई जिम्मेवार ठहर्याएको छ । गैरकानुनी रुपमा युक्रेनी बालबालिकालाई रुस लगिएको आरोप पनि अदालतले लगाएको छ ।
फेब्रुअरी २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि यस्ता अपराध भएको अदालतको भनाइ छ ।अदालतले बालबालिका रुस लैजाने कार्यमा पुटिन संलग्न भएको भन्दै अभियोग लगाएको छ । सो काममा संलग्न अन्यलाई रोक्ने शक्ति हुँदाहुँदै पनि उनले नरोकेको पनि बताइएको छ ।
पक्राउ पुर्जी जारी गरे पनि पुटिनलाई पक्रिने शक्ति भने सो अदालतलाई छैन । अदालत गठनसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका मुलुक मात्र सो अदालतको क्षेत्राधिकारभित्र पर्छ । रुसले सो सम्झौतामा हस्ताक्षर गरेको छैन ।
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
-
ताजा बैशाख १८, २०८१एमालेको कान्छो सांसद बनेर पूर्णकालीन राजनीतिमा सुहाङको शानदार ‘इन्ट्री’
Comments