पूर्वाञ्चल विश्वविद्यालयमा नर्वेजियन राजदुत : सहकार्य गर्न तयार छाै
- चैत्र १, २०७९ मा प्रकाशित
इटहरी । नेपालका लागि नर्वेजियन राजदूत टोरूल ड्रामदलले पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल को भ्रमण गरेकी छिन् । नर्वे सरकारको सहयोगमा विश्वविद्यालयले सञ्चालन गर्दै आएको “क्लिनिकल कानूनी शिक्षा” कार्यक्रमको अवलोकन एवम् विद्यार्थी तथा पदाधिकारीहरूसँग अन्तरक्रिया गर्न राजदूत पूर्वाञ्चल विश्वविद्यालय गएकी हुन् । राजदूत ड्रामदललाई पूर्वाञ्चल विश्वविद्यालय कला, शिक्षा तथा कानून शंकायका डीन प्रा. डा. अनिलकुमार पोखरेल, निर्देशक महेशप्रसाद निरौला, क्लिनिकल कानूनी शिक्षा कार्यक्रमका फोकल पर्सन दीपक खतिवडालगायतले राजदूतको टोलीलाई स्वागत गरेको थियो ।
विश्वविद्यालयले सञ्चालन गर्दै आएको क्लिनिकल कानूनी शिक्षा सञ्चालन प्रक्रिया, कार्यक्रमका लागि विद्यार्थी छनौट प्रक्रिया लगायतका विषयमा राजदूत ड्रामदलले जिज्ञासा राखेकी थिइन् । क्लिनिकल कानूनी शिक्षा कार्यक्रममा सहभागी विद्यार्थीले आफ्नो अनुभव राजदूतको टोली समक्ष सुनाएका छन् । कार्यक्रममा विद्यार्थीको संख्या थप गर्न माग गरेका छन् । क्लिनिकल कानूनी शिक्षा कार्यक्रमलाई निरन्तरता दिन सहमत भएको र विद्यार्थीको संख्या थप गर्न आफूहरू सकारात्मक भएको राजदूत ड्रामदलले जानकारी दिइन् ।
अन्तरक्रिया कार्यक्रममा विश्वविद्यालयका तर्फबाट डीनहरू प्रा. डा. अनिलकुमार पोखरेल, प्रा. डा. बिजुकुमार थपलिया, देवीप्रसाद भट्टराई, योजना महाशाखा प्रमुख कोमलप्रसाद दुलाल, निर्देशक महेशप्रसाद निरौला, निर्देशक उत्तमकुमार रेग्मी, पूर्व निर्देशक डा. रमेशवावु काफ्ले लगायतको उपस्थिति रहेको छ । नर्वेजियन तर्फबाट राजदूत ड्रामदल, काउन्सिलर अनिला खान सहित युएनडीपीका प्रतिनिधीहरूको सहभागिता रहेको छ ।
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
-
ताजा बैशाख १८, २०८१एमालेको कान्छो सांसद बनेर पूर्णकालीन राजनीतिमा सुहाङको शानदार ‘इन्ट्री’
Comments