५० किलो गाँजा सहित विराटनगरबाट दुई जना पक्राउ
- माघ ९, २०७९ मा प्रकाशित
विराटनगर । विराटनगरबाट ५० किलो गाँजा सहित दुई जना पक्राउ परेका छन् । शनिबार बेलुका बसपार्कबाट ५० केजी गाँजा सहित मोरङ प्रहरीले दुई जनालाई टेम्पो सहित नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेमा धनकुटाको सहिदभुमी गाउँपालिका–४ का ४४ वर्षीय यज्ञप्रसाद राई र टेम्पो चालक मोरङ बुढीगंगा बस्ने ४६ वर्षका रोहितकुमार थापा रहेका छन् ।
को २ ख २४२२ नम्बरको टेम्पोमा रायोको साग र तेजपत्ता अनलोड गर्दै गरेको अवस्थामा गाँजा बरामद भएको मोरङ प्रहरीले जनाएको छ । विशेष सुचनाको आधारमा खटिएको प्रहरीको टोलीले साग र तेजपत्ताको तीनवटा बोराभित्रबाट गाँजा बरामद गरेको हो ।
मोरङमा प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपक श्रेष्ठका अनुसार बरामद गाँजा धनकुटाबाट ओसारपसार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । लागूऔषध ओसारपसारको कसुरमा प्रहरीले उनीहरूलाईलाई नियन्त्रणमा लिएको छ ।
उनीहरुमाथि लागुऔषध ओसारपसारको कसुरमा मुद्दा चलाउने तयारी भईरहेको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
-
ताजा बैशाख १८, २०८१एमालेको कान्छो सांसद बनेर पूर्णकालीन राजनीतिमा सुहाङको शानदार ‘इन्ट्री’
Comments