शान्ति जनकल्याण सहकारीकाे अध्यक्षमा बिरबहादुर निर्वाचीत
- पुष २४, २०७९ मा प्रकाशित
इटहरी । सुनसरीकाे इटहरी उपमहानगर २० तरहरास्थित शान्ति जनकल्याण बहुउद्येश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा बिरबहादुर लिम्बु निर्वाचीत भएका छन ।
शनिबार सम्पन्न निर्वाचनबाट ५९२ मत प्राप्त गर्दै लिम्बु अध्यक्षमा निर्वाचित भएका हुन । उनका प्रतिद्वन्दी चन्द्रकुमार गिरीले ५३१ मत ल्याए भने प्रतिष्पर्धी बसन्त श्रेष्ठले २०४ र मेघराज पराजुलीले ९६ मत प्राप्त गरेका थिए ।
त्यस्तै सहकारीकाे उपाध्यक्षमा चिन्तामणी सापकोटा निर्वाचित भएका छन् । सापकोटाले ६२० मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उपाध्यक्षका उम्मेदवार टंक पौडेलले ४०६ मत प्राप्त गरे भने कृष्णप्रसाद भट्टराईले ३३६ मत प्राप्त गरे ।
त्यस्तै सहकारीकाे लेखा समिति महिला सदस्यमा चन्द्रकुमारी गिरी बिजयी भएकि छिन । उनले ५९५ मत प्राप्त गरिन ।महिला सदस्यमा भने लीलादेवी राईले ७२२, कमला नेपालले ७०५ र सारदा कटवालले ६२० मत प्राप्त गर्दै विजयी भएकी छन् ।
यस्तै, खुल्ला सदस्यमा प्रदीप केसीले ७२२ मत, भरत केसी ६२३ मत, विकास गिरी ५७७ मत, राजु श्रेष्ठ ४६४ मत, उपराज गोतामे ४३७ मत र दुर्गा गिरीले ४१७ मत प्राप्त गर्दै निर्वाचित भए । यसअघि लेखा समिति संयोजकमा कृष्णप्रसाद घिमिरे र लेखा समिति सदस्यमा सनत कोइराला निर्विरोध निर्वाचित भएका छन् ।
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
-
ताजा बैशाख १८, २०८१एमालेको कान्छो सांसद बनेर पूर्णकालीन राजनीतिमा सुहाङको शानदार ‘इन्ट्री’
Comments