सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की मतान्तर बढाउँदै
- मंसिर १४, २०७९ मा प्रकाशित
इटहरी । मतगणना जारी रहेको सुनसरी–४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतबीच कडा प्रतिस्पर्धा चलिरहेको छ।
दुई दिन रोकिएर पुनः सुरू भएको मत गणनामा कार्कीले एमाले उम्मेदवार जगदीश कुसियैतलाई ३२८ मतले पछि पारेका छन्।
निर्वाचन आयोगका अनुसार पछिल्लो मत परिणाम अनुसार कार्कीले २६ हजार ५६३ मत ल्याउँदा कुसियैतको २६ हजार २३५ मत आएको छ। यो क्षेत्रमा सुरुदेखि नै कांग्रेस र एमाले उम्मेदवारको कडा टक्कर देखिएको छ।
१६५ क्षेत्रमध्ये हालसम्म १६१ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ। ३ क्षेत्रको गणना अझै सुरु भएको छैन भने सुनसरी क्षेत्र नम्बर ४ को मतगणना जारी छ।
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
-
ताजा बैशाख १८, २०८१एमालेको कान्छो सांसद बनेर पूर्णकालीन राजनीतिमा सुहाङको शानदार ‘इन्ट्री’
Comments