पर्यटकीय नगरी कन्याममा स्काई वाक निर्माण
- कार्तिक १७, २०७९ मा प्रकाशित
इलाम । पर्यटकीय नगरीका रूपमा विकास हुँदै गरेको इलामको सूर्योदय नगरपालिकामा स्काई वाक निर्माण भएको छ । साहसिक पर्यटनका रूपमा लिइने स्काई वाक मेची राजमार्ग नजिकै कन्याममा निर्माण भएको हो ।
कन्याम क्लाउड प्रालिले निर्माण गरेको स्काई वाक रु चार करोडको लागतमा निर्माण सम्पन्न भएको हो । यस परियोजनामा विशेष गरेर महिलाहरूले लगानी गरेको बताइएको छ । निजी क्षेत्रबाट लगानी भएको यस पर्यटकीय केन्द्रमा पर्यटकको घुइँचो लाग्न थालेको छ । सिसामाथि हिँड्न पाइने भएकाले यसलाई स्काई वाक (आकाशको हिँडाइ) भनिएको हो ।
डेढ वर्षअघि निर्माण थालिएको यस परियोजना भर्खरै निर्माण सम्पन्न भएको हो । यसको यही कात्तिक १८ गते औपचारिक उद्घाटन हुँदैछ । परियोजनाअन्तर्गत सुविधा सम्पन्न रेष्टुरेन्टसमेत रहेको छ । रेष्टुरेन्टसँगै पिङ एवं साहसिक पर्यटनकै रूपमा लठ्ठामा साइकल कुदाउन पाइने बताइएको छ ।
नेपालकै पहिलो र नौलो परियोजना भएको कम्पनीले दावी गरेको छ । सिँढी चढ्दै गएपछि सिरानको तलामा चार मिटर चौडा र सात मिटर लम्बाइ भएको सिसा राखिएको परियोजनाका इन्जिनियर सञ्जीव रोकाले बताउनुभयो । उहाँका अनुसार यहाँबाट मुनि हेर्दा पर्यटकीय कन्यामको हरियाली एवं चियाबारी देख्न सकिन्छ ।
नयाँ पर्यटकीय गन्तव्यका रूपमा रहेको यस परियोजनाले अझ पर्यटक थप्ने अपेक्षा लिइएको छ । नगरमा पर्यटकको सङ्ख्या वृद्धि गराउन नयाँ र साहसिक पर्यटकीय गन्तव्यका रूपमा यस परियोजनालाई लिइएको नगरपालिकाका प्रवक्ता ख्याम भुजेलले बताउनुभयो ।
सूर्योदय नगरपालिका भारतसँग सीमा जोडिएको नगरपालिका हो । सोही कारण अहिले पनि धेरै भारतीय पर्यटक यहाँ आउने गरेका छन् । साहसिक पर्यटनसँगै साइकलका सौखिनहरु यहाँ आउने अपेक्षा लिइएको छ ।
सूर्योदय नगरपालिकाभित्र रहेका कन्याम, श्रीअन्तुलगायतका पर्यटकीय स्थानमा बढी संख्यामा पर्यटक आएकैले प्रदेश नं १ सरकारले पर्यटकीय नगरी भनेर घोषणा समेत गरिसकेको छ ।
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
-
ताजा बैशाख १८, २०८१एमालेको कान्छो सांसद बनेर पूर्णकालीन राजनीतिमा सुहाङको शानदार ‘इन्ट्री’
Comments