राखेप छनाैट प्रतियाेगीता : उसुमा सुनसरी च्याम्पियन, मोरगं र संखुवासभालाई दोस्रो र तेस्रोको उपाधि
- आश्विन ९, २०७९ मा प्रकाशित
इटहरी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश १ मा भएको उसु खेलको खेलाडी छनौट प्रतियोगितामा सुनसरी च्याम्पियन भएको छ ।इटहरी रंगशालाको कभर्डहलमा ३ दिनसम्म चलेको छनौट प्रतियोगिताबाट सुनसरीले पाँच वटा स्वर्ण पदक जित्दै च्याम्पियन बनेको हो ।छनौट प्रतियोगितामा ६० केजी तौल सूुहमा इलामकी अर्चना लिम्बुले स्वर्ण पदक जितेकी छन् भने भोजपुरकी स्मृती प्रधानले रजत र सुनसरीकी सदीक्षा राई र संखुवासभाकी लजिता शेर्पाले कास्य पाएका छन् ।
यता ६५ केजी तौल समूहको प्रतिस्पर्धामा संखुवासभाकी प्रमिला विकले स्वर्ण पाएकी छन् भने झापाकी दिपाकुमारी गणेशले रजत पदक पाएकी छन् । यस्तैगरी सुनसरीकी स्मारिका खवास र इलामकी रिता कट्वालले कास्य पदक जित्न सफल भएका छन् ।यता ७० केजी महिला समूहको प्रतिस्पर्धामा सुनसरीकी दुर्गा ठकुरीले स्वर्ण, मोरङकी सम्झना राईले रजत र पाँचथरकी मनिषा नेम्बाङ्ग र इलामकी मनिता नुगोले कास्य पदक जितेका छन् ।
पुरुष तर्फ ७५ केजी समूहको स्पर्धामा मोरङका अमित लकान्द्रीले स्वर्ण, झापाका करण राजवंशीले रजत र भोजपुरका लक्ष्मी प्रसाद तामाङ तथा धनकुटाका आसमान राईले कास्य जितेका छन् ।यस्तै ४५ केजी महिला तर्फको प्रतियोगितामा संखुवासभाकी धनकुमारी राईले स्वर्ण, मोरङकी राजलकु राजवंशीले रजत र पाँचथरका अमिता लिम्बु र झापाका उनिता राईले कास्य पदक जितेका छन् ।
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
-
ताजा बैशाख १८, २०८१एमालेको कान्छो सांसद बनेर पूर्णकालीन राजनीतिमा सुहाङको शानदार ‘इन्ट्री’
Comments