दशैंमा चार सय क्विन्टल चामल हेलिकोप्टरबाट टिङ्कर र छाङरु पठाइँदै
- आश्विन ९, २०७९ मा प्रकाशित
काठमाडौं । दशैंका लागि दार्चुलामा चार सय क्विन्टल चामलसहित खाद्यान्न हेलिकोप्टरमार्फत ढुवानी गरिने भएको छ ।टिङ्करमा १६० र छाङरुमा २४० क्विटल चामल ढुवानीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आइतबार बोलपत्र आह्वान गरेको छ ।
कम्पनीको शाखा कार्यालय दार्चुलादेखि दार्चुलाको व्यास गाउँपालिको टिङ्कर र छाङरुसम्म हेलिकप्टरबाट खाद्यवस्तु ढुवानीका लागि हेलिकप्टर कम्पनी वा कार्गो एजेन्सीले गोप्य शिलबन्दी पेस गर्न भनिएको छ ।स्वीकृत भएको हेलिकप्टर कम्पनी वा कार्गो एजेन्सीले १४ असोजमा कम्पनीसँग सम्झौता गर्नुपर्ने छ । दशैैं अघि नै खाद्यान्न ढुवानी गरिने जनाइएको छ ।
सम्बन्धित खवर
-
ताजा बैशाख २६, २०८१Melhores Sites Para Arriesgar Em Futebol 202
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
Comments