नवौं राष्ट्रिय खेलकुद छनौट :महिला बास्केटबलमा सुनसरीलाई स्वर्ण
- आश्विन ७, २०७९ मा प्रकाशित
इटहरी । गण्डकी प्रदेशमा आगामी २८ गतेदेखि कार्तिक ३ गतेसम्म सन्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश एकले महिला बास्केटबलको छनौट खेल बिहीबार सुनसरीको धरानमा आयोजना गरेको छ । प्रतियोगितमा सुनसरीलाई स्वर्ण पदक प्राप्त भएको छ ।
महिला बास्केटबलतर्फ झापा, मोरङ र सुनसरी गरी तीन जिल्लाका खेलाडीहरु सहभागी थिए । प्रतियोगितामा झापाले रजत र मोरङले कास्य पदक जितेको छ ।
छनौट प्रतियोगिता अन्तर्गत महिला तर्फको खेल बिहीबार सम्पन्न भएको छ भने शुक्रबार पुरुषतर्फको छनौट खेल हुनेछ । शनिवार सम्म सबै छनौट खेल सम्पन्न गरिसक्ने प्रदेश खेलकुद विकास बोर्डले जनाएको छ ।
खेल उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले धरान बास्केटवलको लागि स्वर्णभूमि रहेको भन्दै राम्रो खेल प्रदर्शन गरी राष्ट्रिय पदक जित्ने विश्वास व्यक्त गरे ।
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
-
ताजा बैशाख १८, २०८१एमालेको कान्छो सांसद बनेर पूर्णकालीन राजनीतिमा सुहाङको शानदार ‘इन्ट्री’
Comments