कामना बैंकका तत्कालिन प्रदेश एक प्रमुख राइ सहित ३ जना पक्राउ : पाचँ दिन सम्म सुचना लुकाइयो
- भाद्र २८, २०७९ मा प्रकाशित
इटहरी । बैंकिङ कसुरमा सम्लग्न तत्कालीन कामना बैकका प्रदेश १ प्रमुख सुजन छाराहाङ राईसहित ३ जना पक्राउ परेका छन् ।गत शुक्रबार पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ। तत्कालीन प्रमुख राईसँग पक्राउ पर्ने दुईजना ऋणी भएको स्रोतले बतायो। तर, प्रहरीले त्यस विषयमा कुनै सूचना चुहाएको छैन। उनीहरूलाई कहाँबाट पक्राउ गरिएको हो, त्यो समेत गोप्य राखिएको छ। स्रोतले उनीहरू दमकबाट पक्राउ परेको दाबी गरेको छ।
पक्राउ परेको ५ दिन भइसक्दा पनि प्रहरी कुनै सूचना नचुहाउनु र सार्वजनिक नगर्नुले घटनालाई रहस्यमय बनाएको छ। उनीहरू पक्राउ परेको विषय गुपचुप बनाउने सेटिङमा प्रहरी लागेको हुनसक्ने स्रोतले आशंका गरेको छ। कामना बैंक मार्फत चलन चल्तीको मूल्यभन्दा अधिक धितो मुल्याङ्कन गरी प्रमुख राईले करोडौं रुपैयाँ अनियमित रुपमा कर्जा दिएको सो सोही कर्जा लिने मध्येका २ जना पक्राउ परेका हुन् ।
राईले कामना बैंकको दमकसहित आफू मातहतका शाखाहरुलाई चलनचल्ती भन्दा बढी धितो मुल्याङ्कन कायम गरी कर्जा दिन बाध्य पारेको बुझिएको छ। सो कसुरमा संलग्न अन्य आरोपीहरु फरार भएको बुझिएको छ ।
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
-
ताजा बैशाख १८, २०८१एमालेको कान्छो सांसद बनेर पूर्णकालीन राजनीतिमा सुहाङको शानदार ‘इन्ट्री’
Comments