बेलायती महारानीको ९६ वर्षकाे उमेरमा निधन : दरबारमा राष्ट्रिय झण्डा आधा झुकाइयो : विश्वभरबाट शोक व्यक्त
- भाद्र २४, २०७९ मा प्रकाशित
काठमाडौं । बेलायती महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएको छ । महारानी एलिजाबेथको निधन भएको घोषणापछि दरबारमा रहेको राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।
महारानी एलिजाबेथ द्वितीयाको स्कटल्यान्डको बाल्मोरल दरबारमा निधन भएको बकिङ्गम प्यालेसले जनाएको छ । सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्रध्यक्ष हुन् । उनले ७० वर्षसम्म शासन गरिन् । उनको निधनपछि जेठा छोरा चार्ल्स अब राजा चार्ल्स तृतीय बनेका छन् । चार्ल्स तृतीयले आमाको निधन एउटा ठूलो दुःखको क्षण भएको बताएका छन् । अहिले विश्वभरबाट शोक व्यक्त गरिएको छ । यसअघि हिजो उनको स्वास्थ्यमा समस्या देखिएपछि बाल्मोरलमा डाक्टरको निगरानीमा राखिएको थियो ।
नवनियुक्त प्रधानमन्त्री लिज ट्रसले ट्वीट गर्दै बकिङ्गम प्यालेसबाट महारानीका बारेमा आएको खबरले सम्पूणर् देश नै चिन्तित भएको बताएकी थिइन् । महारानी एलिजाबेथ द्वितीयाको शासनकालमा बेलायतमा विन्स्टन चर्चीलदेखि लिज ट्रससम्म १५ जना प्रधानमन्त्री भएका छन् ।
सम्बन्धित खवर
-
ताजा बैशाख २१, २०८१Ставка Без Риска На Супер-бой Усик Фьюри От 1xbet! Ставки На Спор
-
ताजा बैशाख १९, २०८१Ставки в Спорт: Лучшие Коэффициенты На Сегодня, сделать Онлайн Ставк
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
Comments