•  ११ बैशाख २०८१, मंगलवार
  •  11:56:09 PM

बेलायती महारानीको ९६ वर्षकाे उमेरमा निधन : दरबारमा राष्ट्रिय झण्डा आधा झुकाइयो : विश्वभरबाट शोक व्यक्त

- भाद्र २४, २०७९ मा प्रकाशित


काठमाडौं । बेलायती महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएको छ । महारानी एलिजाबेथको निधन भएको घोषणापछि दरबारमा रहेको राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।

महारानी एलिजाबेथ द्वितीयाको स्कटल्यान्डको बाल्मोरल दरबारमा निधन भएको बकिङ्गम प्यालेसले जनाएको छ । सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्रध्यक्ष हुन् । उनले ७० वर्षसम्म शासन गरिन् । उनको निधनपछि जेठा छोरा चार्ल्स अब राजा चार्ल्स तृतीय बनेका छन् । चार्ल्स तृतीयले आमाको निधन एउटा ठूलो दुःखको क्षण भएको बताएका छन् । अहिले विश्वभरबाट शोक व्यक्त गरिएको छ । यसअघि हिजो उनको स्वास्थ्यमा समस्या देखिएपछि बाल्मोरलमा डाक्टरको निगरानीमा राखिएको थियो ।

नवनियुक्त प्रधानमन्त्री लिज ट्रसले ट्वीट गर्दै बकिङ्गम प्यालेसबाट महारानीका बारेमा आएको खबरले सम्पूणर् देश नै चिन्तित भएको बताएकी थिइन् । महारानी एलिजाबेथ द्वितीयाको शासनकालमा बेलायतमा विन्स्टन चर्चीलदेखि लिज ट्रससम्म १५ जना प्रधानमन्त्री भएका छन् ।

Comments

सम्बन्धित खवर