‘प्रेम गीत ३’ चिनियाँ भाषामा चीनमा प्रदर्शन गरिने
- भाद्र २, २०७९ मा प्रकाशित
काठमाडाैं । नेपाली फिल्म ‘प्रेमगीत ३’ चिनियाँ भाषामा डब गरेर चीनमा पनि रिलिज हुने भएको छ।प्रदीप खड्का अभिनित ‘प्रेमगीत ३’को चीनमा रिलिजका लागि मुम्बईमा वितरण कम्पनीहरु यूएफओ, मधु इन्टरटेनमेन्टसहित नेपाली र भारतीय निर्माताबीच पहिलो चरणको बैठक बसेको छ।फिल्म चीनमा रिलिजबारे सन्तोष सेनले तयारी भइरहेको जानकारी दिए। उनका अनुसार यूएफओले चिनियाँ हलमा फिल्म प्रदर्शन हुनेछ।
फिल्मको कथावस्तु र हिमाली क्षेत्रको लोकेसन सेटअपले चिनियाँ दर्शकलाई पनि आकर्षित गर्न सक्ने देखिएकाले चिनियाँ पक्षले फिल्म प्रदर्शनका लागि आग्रह गरेपछि बैठक बसेको निर्माता समेत रहेका निर्देशक सेनले बताए।
चीनमा हिन्दी र अंग्रेजी भाषा प्रयोगमा नआउने भएकाले चिनियाँ मन्डारियन भाषामै डब गर्नु पर्ने बाध्यता । चिनियाँ भाषामा फिल्म डब गर्न केहि समय लाग्ने भएकाले नेपाल, भारत रिलिज भन्दा केहि महिना ढिलो गरी चीनमा फिल्म प्रदर्शन हुने सेनले जानकारी दिए।
सम्बन्धित खवर
-
ताजा बैशाख ३१, २०८१सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो व्यक्तिको मृत्यु
-
ताजा बैशाख ३१, २०८१छात्रामाथि बलात्कार गर्ने मौलवी पक्राउ
-
ताजा बैशाख ३१, २०८१खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु
-
ताजा बैशाख ३१, २०८१कलाकार उज्वल केसीको निधन
-
ताजा बैशाख ३१, २०८१कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै : कांग्रेसले गर्याे बहिष्कार : नेकपा एसले मत नदिने
Comments