कलंकीबाट १५ दिनभित्र खसी बजार हटाउन काठमाडौं महानगरको निर्देशन
- भाद्र २, २०७९ मा प्रकाशित
काठमाडौँ । काठमाडौं महानगरपालिकाले कलंकीमा रहेको खसी बजार हटाउन निर्देशन दिएको छ । महानगरले सूचना जारी गर्दै १५ दिनभित्र कलंकीमा रहेको खसी बजार हटाउन निर्देशन दिएको हो ।
बल्खु खोलामा जोडिएको ७-८-०-० जग्गामा खसी बजार सञ्चालन गरेका कारण नदी प्रदूषण भएको, छिमेकलाई बाधा परेको र फोहोरमैलाका कारण वातवरणमा गम्भीर असर परेको भन्दै स्थानीयले गुनासो गर्दै सामुहिक उजुरीपरेकाले खसीबजार हटाउन लागिएको महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।
अबको १५ दिनपछि उक्त जग्गामा खसी बजार सञ्चालन नगर्न व्यवसायीहरूलाई महानगरले आग्रह गरेको छ । व्यवसायीले खसी बजारको वैकल्पिक व्यवस्था गर्नुपर्ने महानगरको भनाइ छ । यदि त्यसो नभएमा महानगर आफैले कानुन अनुसार हटाउने बताएको छ ।
सम्बन्धित खवर
-
ताजा बैशाख ३१, २०८१सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो व्यक्तिको मृत्यु
-
ताजा बैशाख ३१, २०८१छात्रामाथि बलात्कार गर्ने मौलवी पक्राउ
-
ताजा बैशाख ३१, २०८१खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु
-
ताजा बैशाख ३१, २०८१कलाकार उज्वल केसीको निधन
-
ताजा बैशाख ३१, २०८१कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै : कांग्रेसले गर्याे बहिष्कार : नेकपा एसले मत नदिने
Comments