यमुना नदीमा डुंगा पल्टिँदा १७ जना बेपत्ता, तीनको शव फेला
- श्रावण २८, २०७९ मा प्रकाशित
नयाँदिल्ली । भारतको बान्दा जिल्लाको यमुना नदीमा एउटा सानो आकारको डुङ्गा पल्टिँदा १७ जना अझै बेपत्ता छन् भने तीन जनाको शव फेला परेको अधिकारीहरूलेजनाएका छन् ।
अधिकारीहरुका अनुसार बिहीबार मर्काबाट छिमेकी फतेहपुर जिल्लाको जरौली घाटतर्फ जाँदै गरेको डुङ्गाको एउटा भाग भाँचिएपछि डुङ्गा पल्टिएको थियो । बान्दाका प्रहरी सुपरीटेन्डेन्ट अभिनन्दनले भने, ‘दुई महिला र एक बच्चा गरी तीन जनाको शव बिहीबार निकालिएको छ र १७ जना पौडी खेलेर सुरक्षित स्थानमा पुगेका छन् ।
राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ) र स्टेट डिजास्टर रेस्पोन्स फोर्स (एसडीआरएफ) को टोलीले वर्षा र चिप्लो भू-भागका कारण अघिल्लो रात अभियान रोकेपछि आज बिहानदेखि खोजी कार्य पुनः शुरु भएको थियो । प्रहरी नायब महानिरीक्षक (चित्रकूट धाम रेन्ज) विपिन मिश्रले भने, ‘वर्षाका कारण चिप्लो भएको छ, जसले गर्दा उद्धारमा समस्या भइरहेको छ, तर अझै पनि टोलीहरू हराइरहेकाहरूको खोजीका लागि कडा परिश्रम गरिरहेका छन् ।
’एनडीआरएफ, एसडीआरएफ र स्थानीय गोताखोरको टोलीले १७ जना हराइरहेका व्यक्तिको खोजी गरिरहेका छन् । हामी सकेसम्म धेरै भन्दा धेरै मानिसहरुलाई उद्धार गर्न सक्दो प्रयास गरिरहेका छौं । बिहानदेखि नै उद्धार कार्य पुनः सुरु भएको छ,’ पटेलले भने ।
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
-
ताजा बैशाख १८, २०८१एमालेको कान्छो सांसद बनेर पूर्णकालीन राजनीतिमा सुहाङको शानदार ‘इन्ट्री’
Comments