एसईईको ग्रेडवृद्धि परीक्षा भदाै ११ र १२ गते
- श्रावण १५, २०७९ मा प्रकाशित
इटहरी । राष्ट्रिय परीक्षा बोर्डले एसईईको ग्रेडवृद्धिका लागि परीक्षा तालिका सार्वजनिक गरेको छ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसईईमा तत्कालका लागि कक्षा ११ मा भर्ना हुन नपाउने अर्थात ० दशमलव ८ देखि १ दशमलव २ जीपीए ल्याउने विद्यार्थी तीन हजार दुई सय छन् ।
बोर्डले यी विद्यार्थीका लागि ग्रेड वृद्धि परीक्षाको व्यवस्था गरेको छ । तर त्यो भन्दा माथिल्लो जीपीए ल्याउने विद्यार्थी पनि विषयगत रूपमा प्राप्त ग्रेडमा चित्त नबुझेमा ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् । यस्ता विद्यार्थीका लागि परीक्षा बोर्डले भदौको ११ र १२ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।
माध्यमिक शिक्षा परीक्षा एसईईमा १ दशमलव ६ जीपीए ल्याउने सबैले कक्षा ११ मा भर्ना हुन पाउने छन् । पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको विद्यार्थी भर्नासम्बन्धी आधारअनुसार कक्षा ११ मा भौतिकविज्ञान, रसायनविज्ञान, जीवविज्ञान र गणित विषय अध्ययन गर्न चाहनेले भने एसईईमा यी चारवटा विषयमा कम्तीमा ‘सी प्लस ग्रेड’ हासिल गरी समग्र नतिजामा न्यूनतम १ दशमलव ६ जीपीए प्राप्त गरेको हुनुपर्नेछ ।
भौतिकविज्ञान, रसायनविज्ञान, जीवविज्ञान र गणित विषयबाहेकका अन्य विषय पढ्न चाहनेले एसईईमा न्यूनतम १ दशमलव ६ जीपीए हासिल गरेको हुनुपर्ने तर विषयगत ग्रेडको कुनै बन्धन नभएको बोर्डले जनाएको छ ।
उहाँका अनुसार विज्ञानबाहेक शिक्षा, व्यवस्थापन, मानविकी विषयमा अनिवार्य तथा ऐच्छिक विषयका रूपमा गणित विषय पढ्न चाहनेले पनि एसईईमा ‘सी प्लस ग्रेड’ प्राप्त गरेकै हुनुपर्छ।-
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१Ставки в Спорт: Лучшие Коэффициенты На Сегодня, сделать Онлайн Ставк
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
Comments