सुनसरी भन्सारबाट ६ अर्बकाे सामान भित्रीयाे : निर्यात शुन्य
- श्रावण १२, २०७९ मा प्रकाशित
इटहरी । गत आर्थिक वर्ष २०७८/७८ मा सुनसरीका भन्सार कार्यालयबाट करिब ६ अर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ भने निर्यात शुन्य छ ।सुनसरी भन्सार कार्यालय कोसी ब्यारेजका अनुसार ५ अर्ब ९३ करोड ८८ लाख ७७ हजार बराबरको प्रमुख १५ वटा वस्तुहरू आयात भएको छ हो ।
सबैभन्दा धेरै सो कार्यालय भएर धान, आलु, मकै, चामल, प्याज आयात भएको छ । अघिल्लो आर्थिक वर्षमा ८८ करोड ९४ लाख २९ हजार बराबरको आलु आयात भएकोमा गत आर्थिक वर्ष २०७८–७९ मा १ अर्ब ५४ करोड ३७ लाख ९० हजार बराबरको आयात भएको छ ।यसैगरी आर्थिक वर्ष २०७७/७८ सालमा ४७ करोड १६ लाख २२ हजार बराबरको प्याज आयात भएकोमा आर्थिक वर्ष २०७८–७९ सालमा १ अर्ब ५४ करोड ३७ लाख ९ हजार बराबरको प्याज आयात भएको छ । अघिल्लो वर्ष ३३ करोड ७५ लाख ९६ हजार बराबरको चामल आयात भएकोमा गत वर्ष ८२ करोड ६१ लाख ६५ हजार बराबरको आयात भएको छ ।
आर्थिक वर्ष २०७७/७८ सालमा १ अर्ब १७ करोड ४२ लाख ७० हजार बराबरको धान आयात भएकोमा गत आर्थिक वर्ष २०७८/०७९ मा १ अर्ब ५९ करोड ४८ लाख ८५ हजार बराबरको आयात भएको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७७–७८ सालमा ५३ करोड २२ लाख ८९ हजार बराबरको मकै आयात भएकोमा आर्थिक वर्ष २०७८–०७९ सालमा १ अर्ब ११ करोड ५६ लाख १० हजार बराबरको आयात भएको छ ।त्यसैगरी आर्थिक वर्ष २०७७/०७८ सालमा ८ करोड २० लाख २३ हजार बराबरको भुस आयात भएकोमा गत आर्थिक वर्षमा १६ करोड २९ लाख ७५ हजार बराबरको आयात भएको छ । यस्तै त्यस्तै आर्थिक वर्ष २०७७–७८ सालमा २ करोड ७४ लाख ३६ हजार बराबरको कागती आयात भएकोमा गत आर्थिक वर्षमा ८ करोड ६९ लाख ९३ हजार बराबरको आयात भएको छ ।
गत आर्थिक वर्षमा आलु, प्याज, चामल, भुस, मकै, कागतीको आयात बढे पनि ताजा हरियो तरकारी, काँचो केरा, सुती सारी, लुङ्गी धोती, पानीपुरी, कुरमुरे, लेज आदिको आयातमा कमी आएको भन्सार कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७७–७८ सालमा २ करोड ५९ लाख ८० हजार बराबरको ताजा तरकारी आयात भएकोमा गत आर्थिक वर्षमा १ करोड ६९ लाख ६१ हजार बराबरको आयात भएको छ ।
सुनसरी भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा २७ करोड ८२ लाख ३९ हजार बढी राजस्व संकलन गरेको छ । ५३ करोड ७६ लाख ४३ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको कार्यालयले ८१ करोड ५८ लाख ८२ हजार संकलन गरेको हो
सम्बन्धित खवर
-
ताजा बैशाख २१, २०८१Ставка Без Риска На Супер-бой Усик Фьюри От 1xbet! Ставки На Спор
-
ताजा बैशाख १९, २०८१Ставки в Спорт: Лучшие Коэффициенты На Сегодня, сделать Онлайн Ставк
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
Comments