•  १३ बैशाख २०८१, बिहीबार
  •  8:06:03 AM

सुनसरी भन्सारबाट ६ अर्बकाे सामान भित्रीयाे : निर्यात शुन्य

- श्रावण १२, २०७९ मा प्रकाशित


इटहरी । गत आर्थिक वर्ष २०७८/७८ मा सुनसरीका भन्सार कार्यालयबाट करिब ६ अर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ भने निर्यात शुन्य छ ।सुनसरी भन्सार कार्यालय कोसी ब्यारेजका अनुसार ५ अर्ब ९३ करोड ८८ लाख ७७ हजार बराबरको प्रमुख १५ वटा वस्तुहरू आयात भएको छ हो ।

सबैभन्दा धेरै सो कार्यालय भएर धान, आलु, मकै, चामल, प्याज आयात भएको छ । अघिल्लो आर्थिक वर्षमा ८८ करोड ९४ लाख २९ हजार बराबरको आलु आयात भएकोमा गत आर्थिक वर्ष २०७८–७९ मा १ अर्ब ५४ करोड ३७ लाख ९० हजार बराबरको आयात भएको छ ।यसैगरी आर्थिक वर्ष २०७७/७८ सालमा ४७ करोड १६ लाख २२ हजार बराबरको प्याज आयात भएकोमा आर्थिक वर्ष २०७८–७९ सालमा १ अर्ब ५४ करोड ३७ लाख ९ हजार बराबरको प्याज आयात भएको छ । अघिल्लो वर्ष ३३ करोड ७५ लाख ९६ हजार बराबरको चामल आयात भएकोमा गत वर्ष ८२ करोड ६१ लाख ६५ हजार बराबरको आयात भएको छ ।

आर्थिक वर्ष २०७७/७८ सालमा १ अर्ब १७ करोड ४२ लाख ७० हजार बराबरको धान आयात भएकोमा गत आर्थिक वर्ष २०७८/०७९ मा १ अर्ब ५९ करोड ४८ लाख ८५ हजार बराबरको आयात भएको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७७–७८ सालमा ५३ करोड २२ लाख ८९ हजार बराबरको मकै आयात भएकोमा आर्थिक वर्ष २०७८–०७९ सालमा १ अर्ब ११ करोड ५६ लाख १० हजार बराबरको आयात भएको छ ।त्यसैगरी आर्थिक वर्ष २०७७/०७८ सालमा ८ करोड २० लाख २३ हजार बराबरको भुस आयात भएकोमा गत आर्थिक वर्षमा १६ करोड २९ लाख ७५ हजार बराबरको आयात भएको छ । यस्तै त्यस्तै आर्थिक वर्ष २०७७–७८ सालमा २ करोड ७४ लाख ३६ हजार बराबरको कागती आयात भएकोमा गत आर्थिक वर्षमा ८ करोड ६९ लाख ९३ हजार बराबरको आयात भएको छ ।

गत आर्थिक वर्षमा आलु, प्याज, चामल, भुस, मकै, कागतीको आयात बढे पनि ताजा हरियो तरकारी, काँचो केरा, सुती सारी, लुङ्गी धोती, पानीपुरी, कुरमुरे, लेज आदिको आयातमा कमी आएको भन्सार कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७७–७८ सालमा २ करोड ५९ लाख ८० हजार बराबरको ताजा तरकारी आयात भएकोमा गत आर्थिक वर्षमा १ करोड ६९ लाख ६१ हजार बराबरको आयात भएको छ ।

सुनसरी भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा २७ करोड ८२ लाख ३९ हजार बढी राजस्व संकलन गरेको छ । ५३ करोड ७६ लाख ४३ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको कार्यालयले ८१ करोड ५८ लाख ८२ हजार संकलन गरेको हो

Comments

सम्बन्धित खवर